अहिलेका चर्चित गीतकार ध्रुव प्रसाद अम्गाईले नयाँ गीत ‘माया तिरिरीरी’लाइ आफ्नो जन्मदिनको अबसर पारेर सार्वजनिक गरेका छन । लगातार लोकप्रियताको शिखर चढिरहेका गीतकार ध्रुब प्रसाद अम्गाईले राधा र कृष्ण्को प्रेम काहानीलाई समेट्दै नेपाली समसामयिक बिषयमा आधारीत ‘माया तिरिरीरी’लाइ Eenakshi Entertainmentमार्फत सार्वजनिक गरेका हुन् ।
‘माया तिरिरीरी’मा रचना रिमाल र प्रताप दासको स्वर , राज सागरको संगीत अनि साहास शाक्यको एरेन्ज रहेको छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र समिक्षा पोखरेलको अभिनय रहेको छ । शिशिर श्रेष्ठको निर्देशन, ज्ञानेन्द्र शर्माको क्यामेरा , सुबोल थापाको कोरियोग्रफी र अमृत चापागाईको सम्पादन रहेको भिडियोलाई एनाक्षी इन्टरटेण्टमेन्टको युट्युब च्यानलले बजार ब्यब्स्थापन गरेको हो भने जनता डिजिटल फिल्म्सको पोष्ट प्रोडक्शनमा भिडियो निर्माण गरिएको हो ।
गीतकार अम्गाईका हालसम्म ‘बिहानीको घामको झुल्को’ , ‘माया हे माया’, ‘काले केटा २’, तिमीलाई सन्देश, नजुरेको लगन, मन खोलेर गाउँ है गीत, न भुल्न सक्ने, घरमा कुरा, मखमली चोली, फूल दिऊँ त ओईली जाला, कैले माया यता कैले उता, पछि पछि बैंशालु मायाले लगायत गीतका भिडियो सार्वजनिक भईसकेका छन । जसमध्ये केही समय अघि मात्र सार्वजनिक भएको गीत काले केटा २ को भिडियोले युट्युबमा 34 लाख बढी भ्युज पाएको छ ।
प्रवासमा बसेर सिर्जनामा निरन्तर लागिरहेका खरो र प्रष्ट स्वभावका गीतकार ध्रुव प्रसाद अम्गाई समाजसेवी पनि हुन् । उनी समसामयिक र यथार्थपरक गीत लेख्न बढी मन पराउँछन् । चाँडै अरु गीतका पनि भिडियो आउने तयारी भईरहेको कुरा उनले जानकारी गराए ।

 

तपाईको प्रतिक्रिया