काठमाण्डौ माघ ०३ । आफ्नो घर परिवार स्वीकार नगरेको वियोगान्त प्रेमकथामा लोकप्रिय गायक, सर्जक तथा संगीत सयोजक रामकृष्ण थापाको पछिल्लो प्रस्तुति “नैना रेशम” भर्खरै बजारमा आएको छ । लाख बत्ति बाल्दाको साँझ जागराम बस्दा भएको दोहोरी घम्साघम्सीलाई केन्द्रित गर्दै उक्त गीतको भाव रोमान्चक सैलिबाट प्रस्तुत गरिएको छ । कुनै पनि प्रेमी जोडीका लागि त्यो सम्बन्ध कतैबाट तगारो बन्छ भने उनीहरुले आफ्नो निश्चल प्रेमको नाममा देहत्याग गरेको घटना पनि हाम्रो समाजमा देख्न पाइन्छ । तसर्थ यस गीतको पूर्ण भाव बुझ्नका लागि अन्तिम सम्म सबैले हेर्नु पर्ने हुन्छ ।

गीतमा प्रताप दास र दिया दुलालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई मौलिक स्वादमा लय रामकृष्ण थापाले तयार गरेका हुन् भने शब्द रेशम अधिकारीको रहेको छ । गीतको म्युजिक भिडियो गायक, सर्जक तथा संगीत सयोजक रामकृष्ण थापाको जन्मथलो दोलखा जिल्लामा नै पुगेर तयार पारिएको हो । भिडियोमा रामकृष्ण थापा, आयुष्मा कार्की, प्रदिप रोका, राजेन्द्र पाठक र स्थानीयहरुको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन खामेश श्रेष्ठले गरेका हुन् भने छायांकन रामकृष्ण कंडेल र सम्पादन मनोज कार्कीले गरेका छन् । “नैना रेशम” बोलको गीतको अडियो तथा भिडियोलाई फास्ट क्रिएसन प्रालिले सार्बजनिक गरेको छ । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकार सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया