काठमाण्डौ माघ ०३ । स्थायी घर नुवाकोट भएका लोकप्रिय गायक दिपक ढकालले अर्को फेरी एक रोमान्चक सैलिको गीत लिएर आएका छन् । भर्खरै मात्र उनको पछ्यौरी उनिको र पन्चेबाजा द्वारा सुसजित गीत बुहारी चाहिसक्यो बजारमा आएको थियो । यस गीतको बजारमा चर्चा परिचर्चा सेलाउन नपाउंदै दिपकको बजारमा आएको “भोटे कुकुर” बोलको गीतमा दिपक ढकाल र बाल गायिका आयुषा गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना तिलक ओलीले भरेका छन् ।

रोमान्चक सैलिमा तयार भएको “भोटे कुकुर” बोलको गीतको म्युजिक भिडियो पनि निर्माण भएर सार्बजनिक भैसकेको छ । भिडियोमा सुदिप यस्माली, आयुषा गौतम र मनिषा भण्डारीको अभिनय देख्न सकिन्छ । बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ बिगत निकै लामो समय यता जुर्मुराईरहेका दिपकको यस गीतको म्युजिक भिडियोलाई निर्देशन बिरेन्द्र ओलीले गरेका हुन् भने छायांकन मरिश महरा र सम्पादन रमित ओलीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया