काठमाडौं – गायक सञ्जिब पराजुली र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ यूगल गीत ‘मैले रोजेको जस्तो’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीत तथा कैलाश नेपालको शब्द छ भने शैलेन्द्र एम प्रधान ‘बाबु’को एरेन्ज छ । गीतमा सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ ।

उक्त गीतको म्युजिक भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै मनिषा सापकोटा, रश्मी भट्ट र अर्जुन गुरु फिचर्ड छन् । गीतको भिडियोलाई फराज अर्पणले छायांकन तथा सम्पादन गरेका हुन् भने सम्पादन भने दिनसन शाहले रंग संयोजन गरेका हुन् । भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया