विराटनगर । विराटनगरका गायक सुमित खड्काको ‘देशको आवाज’ नामको एल्वम विमोचन भएको छ । विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना उक्त एल्वम विमोचन गरिएको हो ।

देशभक्ती गीत गाएर आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको गायक खड्काको ‘देशको आवाज’ एल्बमको बिमोचन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्की, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबाबु कार्की, कलाकार दिपाश्री निरौलालगायतले संयुक्त रूपमा विमोचन गर्नुभयो ।

विमोचन भएको उक्त एल्वममा गायक खड्काले गाउनुभएको राष्ट्रिय गीतहरू समावेश छ । एल्वममा समावेश भएको गीतमा संगीत शक्ति बल्भवको छ । यसअघि पनि गायक खड्का थुप्रै गीति एल्वमहरू सार्वजानिक गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया