धरान / गएको महिनामात्र रिलिज गरिएको गायक ज्ञान सुब्बाको “धरान शहर ” बोलको गीतको कभर भर्सन भर्सटायल गायक शिब लामिछाने “शिबाज “ले आफ्नो स्वरमा रेकर्ड गरेर कभर भिडियो समेत तयार गरेर रिलिज गरेका छन्।

आफ्नो ठाउँको बारेमा उत्कृस्ट शब्द , संगीत र स्वरको तालमेल रहेको गीत ” धरान शहर ” सुनेपछि एकपल्ट आफुलाई पनि गाउने रहर जागेर यस गीतका गायक ज्ञान सुब्बासँग अनुमिति लिएर कभर भर्सनमा रेकर्ड गरेर गायक शिब लामिछानेले भिडियो समेत निर्माण गरेका छन् । धरान पहिले देखि नै थुप्रै सांगीतिक प्रतिभाहरुले जन्म लिएको ठाउँ हो र त्यस्तै प्रतिभामा ज्ञान सुब्बा पनि पर्नुहुन्छ र वहाँको स्वरको पहिले देखि नै असल श्रोता र फ्यान हुँ र त्यहि माथि वहाँले हाम्रै धरानबारे यस्तो राम्रो गीत गाउनु भएपछि मलाई गाउन एकदमै मन लागेर अनुमति लिएर गाएको गायक शिब लामिछाने बताउँछन्। एक किसिमले यो वहाँप्रतिको मेरो श्रद्धापुर्वक सानो उपहार हो।

यस गीतका गायक ज्ञान सुब्बा पनि गायक शिब लामिछानेको स्वर र प्रतिभाको तारिफ गर्दै भन्छन् – शिब भाई एकदमै प्रतिभाशाली छन्, उनले म भन्दा राम्रो गाएको छ र उनि जस्तो गायकले मेरो गीत मन पराएर कभर गरिदिएकोमा एकदमै खुशी छु।

ज्ञान सुब्बाको स्वर रहेको ” धरान शहर “मा जीवन भट्टराईको संगीत र हर्क चुम्मेको शब्द रहेको छ।

गायक शिब लामिछानेले गाएको कभर भिडियो लिङ्क :

तपाईको प्रतिक्रिया