काठमाडौं,
माघ ९ ।

डा. रानी शाक्यले गायक प्रमोद खरेलसँगको सहकार्यमा युगल गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक गर्नुभएको छ । डान्सिङ शैलीको यस गीतको भिडियोमा नायक दीलिप रायमाझी र नायिका अशिष्मा नकर्मीको नृत्य तथा अभिनय छ । ठूलो पर्दामा न देखिएको जोडीको म्युजिक भिडियोमा केमिस्ट्री सुहाएको देखिन्छ ।

गायिका डा. शाक्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा हरि उप्रेतीको शब्द र विकाश चौधरीको सङ्गीत छ । भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेस बज्राचार्यको क्यामेरा, माधव बेलबासेको सम्पादन रहेको छ भने भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यले केही दिन अगाडी मात्रै दश वटा गीतहरू समाबेश आफ्नो साङ्गीतिक एल्वम ‘ऐना’ लोकार्पण गर्नुभएको थियो । उहाँका अहिलेसम्म ५० वटा भन्दा बढी गीत बजारमा आइसकेका छन् ।

तपाईको प्रतिक्रिया