काठमाडौं – बिगत १३ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो सौन्दर्य व्यवसायमा अलग पहिचान बनाउदै ‘रश्मिलाज् फेसियल हाउस’ले आफूलाई विस्तार गरेको छ ।

सुन्धारास्थित काठमाडौं मलबाट शुरु भएको रश्मिलाजले तेस्रो शाखा (नयाँ आउट लेट) खोलेको छ । काठमाडौंको बालाजु स्थित बुद्ध मलमा रश्मिलाजको तेस्रो शाखा खोलिएको सञ्चालिका वरिष्ठ सौन्दर्यविद् एवम् सञ्चालिका रश्मिला श्रेष्ठले जानकारी दिएकी छिन् । सञ्चालिका श्रेष्ठले उपभोक्ताहरूको मागअनुसार तेस्रो शाखा खोलिएको जानकारी दिइन् ।

बुद्ध मलको शाखाको जिम्मेवारी गङ्गा प्रधानलाई दिइएको सञ्चालिका श्रेष्ठले बताएकी छिन् । ‘गङ्गा श्रेष्ठ हाम्रो परिवारको सदस्य पनि हो । उहाँ निकै राम्रो सौन्दर्यविद् पनि हुनुहुन्छ’, उनले भनेकी छिन्, ‘रश्मिलाज् फेसियल हाउसको तेस्रो शाखाबाट हाम्रा उपभोक्ताहरूले गुणस्तरीय सेवा पाउनुहुनेछ ।’

रश्मिलाजका संरक्षक एवम् युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठले बुद्ध मलको तेस्रो शाखाले एक–दुईभित्रै औपचारिक रुपमा सेवा शुरु गर्ने जानकारी दिए । ‘केही प्राविधिक व्यवस्थापन मिलाउन बाँकी छ’, उनले भने, ‘हाम्रो सेवा भनेको गुणस्तरीय र अन्यत्र भन्दा सस्तो हुनेछ ।’
यसअघि रश्मिलाज फेसियल हाउसले गंगबुको बिजी मलमा दोस्रो शाखा खोलिसकेको छ ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् ।

श्रेष्ठले परिवार कानूनको क्षेत्रमा दख्खल राख्ने भएपनि पछिल्लो समय सौन्दर्यको क्षेत्रमा सेवा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया