काठमाण्डौ माघ १० – जब मान्छे प्रेमको जालो भित्र बेरिन पुग्छ त्यसपछि उसले अन्यकौ जीवनका स्वर्णिम संसारलाई आफ्नो मानसपटलमा कैद गर्न थाल्दछ । तर हाम्रो समाजमा ति त्यस्तै प्रेम वियोगमा परेका धेरै प्रेमी जोडीहरु बाध्यताबस छुटिन परेपछि आफ्नो जिबन त्याग गर्ने परिस्थिति सम्म पुग्ने गर्दछन् । हो यस्तै भावमा भर्खरै मात्र एक लोक दोहोरी गीत बजारमा आएको छ ।

उक्त गीत अशोक रोज रेग्मीको प्रस्तुतिमा “बाध्य भएँ बिष पिउन” बोलको रहेको छ । गीतमा सानु के.सी, रामहरी भण्डारी, प्रतिमा अर्याल लगाएत साथीहरुको स्वर सुन्न सकिन्छ । गीतलाई लय शुसिल सिंह ठकुरीले तयार परेका हुन् भने शब्द सानु के.सी को रहेको छ । “बाध्य भएँ बिष पिउन” बोलको गीतको म्युजिक भिडियोमा भुवन चौलागाईं, प्रतिमा अर्याल र साथीहरुको रहेको छ । सानु के.सी द्वारा निर्देशित म्युजिक भिडियोलाई छायांकन मरुभूमि नारायणले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया