- Editor

बलिउड अभिनेता कार्तिक आर्यनले यतिबेला आफ्नो निकै ठूलो सपना पूरा हुँदै गरेको भन्दै असीमित खुसी छु भनेका छन् । आफू अभिनेता शाहरूख खानको निकै ठूलो प्रशंसक भएको र शाहरूखसँग फिल्म खेल्ने बाल्यकालदेखिको सपना बल्ल पूरा हुन लागेको यी अभिनेताले बताएका छन् ।

दोस्ताना–२, भुलभुलैया–२ जस्ता फिल्मको काममा व्यस्त रहेका यी अभिनेता यतिबेला शाहरूख खानसँग नयाँ फिल्ममा जोडिएका छन् । शाहरूखसँग नयाँ फिल्ममा पर्दा साझेदारी गर्न पाउँदा आफूमा खुसीको सीमा नरहेको उनको कथन छ ।

यो फिल्ममा जोडिएको प्रसंगलाई लुकाउँदै आएका कार्तिकले एक मिडियासँग यस्तो खुसी साटेका हुन् । फिल्मको टिमको बारेमा चाँडै आधिकारिक घोषणा हुने र आफू दुई महिनाभित्रै यो फिल्मको छायांकनमा जोडिने पनि उनले बताएका छन् । त्यसो त कार्तिकको चाँडै नै नयाँ फिल्म धमाका रिलिज हुँदै छ । दुई फिल्मको छायांकनसँगै यी अभिनेता धमाकाको प्रचारमा पनि जुटेका छन् ।

तपाईको प्रतिक्रिया