काठमाडौँ , माघ १८ । हामि नेपाली बिस्वको जुनसुकै कुना कन्दरामा पुगेता पनि आफ्नो माटो र परिवेश कहिले भुल्न सक्दैनौं  । त्यसमाथि पनि जब हामि स्वदेश छोडेर अन्य मुलुकमा बाध्यता र बिवस्ताको कारण पुग्छौं, त्यहाँ नेपाली लोक तथा दोहोरी गुन्जिसके पछी रगत नै सल्बलाउन थाल्दछ । हो यस्तै मौलिकता र रितिरिवाज भित्र केन्द्रित रहेर भर्खरै मात्र एउटा गीत बजारमा आएको छ । उक्त गीत ए.बि एस म्युजिक प्रालिले आफ्नो प्रस्तुतिमा “गाउँ कै माया लाउँछ” नामको साथमा बजारमा पठाएको हो ।

निकै कर्णप्रिय ढंगले सजिएको गीतमा कुलेन्द्र बिस्वकर्मा र देबी घर्तीको स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना माधब थापाले भरेका हुन् । “गाउँ कै माया लाउँछ”  बोलको गीतको म्युजिक भिडियोमा राम्जी खांड र रबिना अधिकारीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन दिपेन्द्र पाण्डेले गरेका हुन् भने छायांकन बिपिन क्षेत्री र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया