मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारी साथ काम लिने प्रयत्न गर्नुहोला । समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनु पर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । साथै सहयोग गर्नेहरू पनि कमै भेटिनेछन् । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साझेदारी काममा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –
व्यापारमा फाइदा हुनेछ । साँझदेखि परिस्थिति अलि प्रतिकूल बन्ने देखिन्छ । आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मेहनतले आम्दानी बढाउन सकिनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । आजको कामबाट मनग्य धन लाभ हुन सक्छ । साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन् । आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ । अध्ययनमा प्रगति हुनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । काममा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । चुनौती पन्छाउँदै होसियारी साथ काम लिनुपर्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला । व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । व्यापारमा प्रशस्त फाइदा हुने छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ, भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ । मुख्य काममा बाधा हुने दिन छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ ।

तपाईको प्रतिक्रिया