काठमाण्डौ माघ २२ । कर्णाली सलल, दशा, साइला लगाएतका गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल लोकप्रिय गायक भरत परियारले नयाँ गीत “यो मन दुखेको” भर्खरै बजारमा लिएर आएका । प्रस्तुत गीतमा भरत परियार र बिमला परियारको सुमधुर स्वर रहेको छ । प्रस्तुत गीतको भावअनुसार आफुले माया गरेको मान्छे दुर्घटनामा पर्छ र आफ्ना सारा सपना चकनाचुर भएको कथालाई गायक भारत परियारको लय तथा शब्द, भरेका छन् ।

निकै कर्णप्रिय भावलहरीमा सजिएको यस गीतको म्युजिक भिडियोमा शंकर आरजे, रबिना भित्रीकोटी, लक्ष्मी तामाङ, मुकेश बुढाथोकी लगाएत कलाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन जिवन के.सी गरेका हुन् भने छायांकन महेश महरा र सम्पादन  नबिन घर्ती मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया