काठमाडौं । बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी रश्मिला श्रेष्ठ द्वारा ‘प्रकृति साडी एण्ड कुर्ता कलेक्शन’ को एक भब्य समारोह बीच समुद्घाटन गरिएको छ । गायिका द्वय बसन्ता प्रकृति तथा सहिमा श्रेष्ठले संयुक्त रुपमा संचालनमा ल्याएका ‘प्रकृति साडी एण्ड कुर्ता कलेक्शन’मा हरेक प्रकारका साडी तथा कुर्ताहरु पाईने जानकारी गायिका बसन्ता प्रकृतिले गराईन ।

काठमाडौं २९ मैतिदेवीमा संचालित उक्त साडी तथा कुर्ता कलेक्सनको प्रमुख अतिथि रश्मिला श्रेष्ठ रहेकी थिइन् भने बिसेष अतिथिहरु समाजसेवी प्रकाश कुमार श्रेष्ठ, फेसन डिजाइनर काजल शर्मा, समाजसेवी निकिता पाण्डे, संचारकर्मीहरु सुर्य चन्द, सुमन पण्डित, सबिता पोखरेल लगायतका उपस्थित रहेका थिए भने सम्पूर्ण अतिथिहरुले उक्त अबसरमा ब्यबसायिक बधाई तथा शुभकामना दिएका थिए ।

गायनसंगै व्यवसायीकरुपमा अघि बढेकी गायीका प्रकृतिले यसअघि काठमाडौंको पुतलि सडकमा बुटिक सञ्चालन गर्दै आएकी थिइन । कलेक्शनको उद्घाटन गर्दै प्रमुख अतिथी रश्मिला श्रेष्ठले व्यवसायीकरुपमा अघि बढे्का अधिकांस कलाकार स्थापित भएको बताइन भने आफुहरुले सक्दो सहयोग गर्ने बचन बद्धता समेत प्रकट गरिन ।

गायीका प्रकृतिले एक महिना कलाकारहरुकालागि विशेष छुटमा सामान उपलव्ध बनाउने प्रतिवद्धता जनाइन । कलेक्शनले एक महिना भारी छुटमा सेवा दिने सञ्चालिका सहिमाको भनाई छ ।

तपाईको प्रतिक्रिया