काठमाडौँ । अमेरिकाको बोष्टन सहरमा बसेर नेपाली संगीतमा क्रियासिल प्रतिभाशाली गायक एवं संगीतकार प्रविन राजथलाको पहिलो म्यूजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक भएकोछ। गायक प्रविन राजथलाको स्वर, शब्द र संगीत रहेको गीतलाई जोयस गुरुङले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा एलिस राई र गीता ढुंगानालाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेको भिडियोलाइ अर्जुन खड्काले सम्पादन गरेका हुन्। एलिजा महर्जन निर्मात्री रहेको यस भिडियोलाई सत्यराज चौलागाईको निर्देशनमा तयार पारिएको हो।
म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक राजथलाले सम्पूर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन। भिडियो गायक राजथलाको आधिकारिक च्यानल पीआर म्युजिक मार्फत भिडियो सार्वजनिक भएको हो।

 

तपाईको प्रतिक्रिया