काठमान्डाँै ।
नेपाली लोक गीत संगीतमा मार्मिक लोक गीतहरुको अभाव भैरहेको अवस्थामा मौलिक लोकदोहोरी ”गयो मेरो चोला ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शान्ती श्री परियार , विष्णु बराल र सुरज विश्वकर्माको स्वर रहेको छ ।

मायालु जोडी विचको धोका र पिडालाई गीतमा ब्यक्त गरिएको छ । इन्द्र दाहालको शब्द तथा कमल ज्योतीको लय सिर्जना रहेको छ । भिम तामाङ्गको छायाँकन , अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा रहेको छ । ”गयो मेरो चोला ” गीतको भिडियोमा गौरी शंकर दाहाल , इन्द्र दाहाल र सारिका केसीको अभिनय रहेको छ ।

”गयो मेरो चोला ” गीतको पुरा हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया