लोकप्रिय गायिका रानी शाक्य फेरी एउटा नितान्त नयाँ भावनाको अति मर्मस्पर्शी गीत ‘सुनसान मन’ Sunsan Mann लिएर प्रस्तुत हुनु भएकी छिन । निडर, दृढ, र समर्पितहरूको समेत मन डगमगाएको अहिलेको कालखण्डको नियतिलाई चित्रित गरिएको म्युजिक भिडियोमा चर्चित
नायिका केकी अधिकारीको भावपूर्ण अभिनय रहेको छ भिडियोलाई गायिका रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो समय सबैले महसुस गरेको अनुभुतिलाई राजेश शाक्यले कोर्नु भएको अर्थपूर्ण शव्दहरू र ओम कर्माचार्यको संगीतलाई अहिलेका चर्चित गायिका रानी शाक्यले आफ्नो स्वरले जीवन्त बनाउनु भएको छ । धेरैवटा चलचित्र निर्देशन गरी सकेका निर्देशक मदन घिमिरेले यो म्युजिक भिडियोको निर्देशन गर्नु भएको हो ।
प्रोफेशनल ब्यस्तताले साहित्यिक माहौलबाट टाढिय पछि झण्डै दुई दशकको अन्तरालमा राजेश शाक्य आफ्नो शब्दरचना सहित ‘सुनसान मन’ लिएर फेरी साहित्यक सिर्जनामा फर्किएका छन । कुनै समयमा राजेश शाक्य कविता लेखन अनि शुभ समुह सँग आवद्द भई रंगमञ्चमा अभिनय र निर्देशनमा सक्रिय हुनुहुन्थ्यो । अब गीत लेखनलाई सक्रियता देखाउनु भएको छ । उहाँको लेखनको अर्को रमाईलो गीत “सल्लाघारी” रिलिजको तयारीमा छ । ओम कर्माचार्यको नै संगीतमा गायिका रानी शाक्यले आफ्नो पहिलो गीत “फेरी आज एकान्तमा” रिकर्ड गर्नु भएको थियो । जसको रचना लक्ष्मी श्रेष्ठले गर्नु भएको थियो ।
काठमाण्डौ, धुलिखेल, दोलालघाट र जेरोकिलोमा शुटिङ्ग गरिएको यस भिडियोको छायाँकन रामेश्र्वर हुमागाई, सम्पादन प्रेम शर्मा पौडेल, कलर करेक्शन मनोरञ्जन श्रेष्ठ, मेकप अशोक रोक्का ,ड्रोन बासु बराल र सहायक हरिष खनालले गरेका छन् ।

 

तपाईको प्रतिक्रिया