नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताएर उत्कृष्ट चलचित्रहरुमा अभिनय गरिसकेका बरिष्ट अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । मान्छेको आचरण भित्री बाहिरी रुपलाई देखाउन खोजिएको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका छन ।

भिडियोमा अभिनेता बिजय लामा लगायत धुर्ब कोइराला, काजोल नेपाल, बदरी पुडासैनि, जीवन शाही, समिया कार्की, मजोन ओली, रत्न डंगोल, अमुल्य राणा, आशिष प्याकुरेल, निशा तमाङ, बिनोद डंगोल लगायतको पनि अभिनय रहेको छ ।

निकै नै मर्मस्पर्शी गीतमा रमेश कंडेलको स्वर, गीतकार काली प्रसाद रिजालको शब्द तथा किरण कंडेलको संगीत तथा संगीत संयोजन रहेको छ । भिडियोमा राम कुमार के सिको छांयाकन तथा डिन्सोन शाहको सम्पादन तथा कलरिङ्ग रहेको छ । भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया