काठमाण्डौ फाल्गुन १० । पछिल्लो समय इन्टरनेटमा युवा-युवतीहरुको जमातहरु झुम्मिएको पाइन्छ । युवा-युवतीहरु मात्र होइन जो कोहिलाई पनि अहिले इन्टरनेट बिना आफ्ना दैनिक अगाडी बढाउन मुस्किल नै पर्ने गरेको छ । यसै इन्टरनेटबाट हाम्रो समाजमा बिभिन्न बिकृति पनि फैलिएको हामि पाउँदछौं । त्यसैले पनि यी र यस्ता प्रबिधिलाई सही ढंगले प्रयोग गर्यो भने आफ्ना धेरै सपना साकार हुने विश्वास सहित एक संयोगान्त प्रेमकथामा आधारित गीत भर्खरै बजारमा आएको छ ।

उक्त गीत उमेश सिंह ठगुन्नाको नाममा “हाई हाई मायालु” बोलको रहेको छ । गीतलाई लय उमेश सिंह ठगुन्ना र जे.बि ओलीले भरेका हुन् भने शब्द उमेश सिंह ठगुन्ना र स्वर उमेश सिंह ठगुन्नाको साथै चन्द्रा पुनको सुन्न सकिन्छ । यस गीतको म्युजिक भिडियोमा सारिका के.सी र एल.एन श्रेष्ठको आकर्षक अभिनय रहेको छ । भिडियोलाई निर्देशन भागिरथ गाहा मगर, छायांकन सुरेश श्रेष्ठ र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई जे.बि युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया