काठमाडौं फाल्गुन १५ / रामशरण आले मगर र रामशरण ढकालको संयुक्त प्रस्तुति घैया मकैले अशंख्य श्रोताहरुको मन जितेको कसैले नकार्न सकिंदैन । यसै गीतको चौतर्फी सफलता पछी रामशरण ढकालले आफ्नो एकल प्रस्तुतको रुपमा “हलेसी महादेवथान” बोलको गीत पनि भर्खरै लिएर आएका छन् । उनको प्रस्तुतिमा यी दुई गी मात्र होइन यस अगी पनि थुप्रै गीतहरु बजारमा आइसकेको छ । बिशेष गरेर नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र ब्यवसाहिक रुपमा मात्र केन्द्रित भैरहंदा रामशरणले मौलिकताको जगेनार्थ पनि यस गीतलाई बजारमा ल्याएका हुन् ।

आफूबाट निकै समय टाढा रहेकी आफ्नी प्रेमिका भेट भएपछी हलेसी महादेवलाई पुकार्दै जिबन उसै संग बिताउने बरदान मागिएको भाव यस गीतमा समाबेस गरिएको छ । गीतमा पार्वती कार्की र रामशरण ढकालको स्वर सुन्न सकिन्छ । गीतलाई लय राजेन्द्र भण्डारीले भरेका हुन् भने शब्द गायक स्वाय रामशरण ढकालको रहेको छ । यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग, शुसिता तामाङ्ग, दिपेश ढकाल, सुजाता भट्टराई र युवक कार्कीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन डेबिट सिलुवालको रहेको छ । गीतलाई मेनुका डिजिटल प्रालिको युट्युब च्यानल मार्फत सार्बजनिक गरिको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया