काठमाण्डौ फाल्गुन १५ । चर्चित एवं लोकप्रिय सर्जक तथा गायक कमल खनालको नयाँ साङ्गीतिक कोसेली “रुमाल “ सार्वजनिक भएको छ । केहि समयको अन्तराल पछी लोक गायक कमल खनालले रुमाल प्रस्तुत गरेका हुन् । आफ्नै kamal khanal नामक युट्युब च्यानल मार्फत गत शुक्रबार देखी रुमाल प्रचारमा आएको हो । कमल खनालको शब्द र लयमा तयार भएको उक्त रुमाल नामक गीतमा सर्जक कमल खनाल संगै अन्जु पन्तको मुख्य स्वर रहेको छ ।

निकै खर्चिलो जस्तो देखिने उक्त गीतको म्युजिक भिडियोमा नायक पल शाह र गरिमा शर्माको अभिनय रहेको छ । उक्त गीतको म्यिजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् । नवराज उप्रेतीले छायङ्कन रहेको यस गीतको म्युजिक भिडियोका केहि दृश्य अमेरिकामा बिनोद भन्डारीले खिचेका हुन् । हाल अमेरिकामा बस्दै आएका पाल्पाली गायक एबम सर्जक खनालका केहि बर्ष पहिलेका थुप्रै सृजनाहरु अहिले पनि उत्तिकै लोकप्रिय रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया