काठमाण्डौ फाल्गुन २० । बिश्व हिन्दु साँस्कृतिक संघ नेपाल, वडा कार्य समिति कुश्मा नगरपालिका वडा नं १ र २ पाङ खुर्काेटको संयुक्त आयोजना र पाङ खुर्कोट समाज जापानको सह-आयोजनामा पार्वती जन्मभुमी पाङ तथा गण्डकी सभ्यता बिषयक बिद्धत सभा एबं मौलिक साँस्कृतिक कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको छ । सोही समितिका अध्यक्ष कृष्ण प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्कृतीबिद तथा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिश्व हिन्दु महासंघका केन्द्रिय अध्यक्ष डा. राम चन्द्र अधिकारी, कालिगण्डकी ज्ञान बिज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण, कर्मयोग पिठ नेपालका अध्यक्ष योगी पिताम्बर, संबिधान सभा सदस्य अर्जुन प्रसाद जोशी, एन.आर.एन. का अध्यक्ष कुमार पन्त, एन.आर.एनका सल्लाहकार कुल आचार्य लगायत स्थानिय नेता तथा बुद्धिजिवी, ५० भन्दा बढी धर्म गुरु, पण्डित एबं संघ संस्थाका प्रतिनिधीहरुको बिशेष उपस्थिती रहेको थियो ।
सो कार्यक्रमको सञ्चालन बिश्व हिन्दु साँस्कृतिक संघका केन्द्रिय अध्यक्ष तथा सोही अभियानका संयोजक गायक तथा सञ्चारकर्मी कृष्ण समिप सुबेदीले गरेका थिए । पार्वती धामका लागी जग्गा तयार पार्न अनुरोध गर्दै मल्लाज देखी मोदीबेणी घाट सम्म बिबिध संरचना निर्माण गर्दै पाङलाई पार्वतीको मुटु बनाउनुपर्नेमा कालिगण्डकी ज्ञान बिज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जोड दिएका थिए । पार्वती जन्मभुमी पाङ ज्योतिष बिधाको समेत थलो भएकोले बिश्व बिधालय खोल्न र गौमाला तथा गुरुकुल सञ्चालन गर्न कर्मयोग पिठ नेपालका अध्यक्ष योगी पिताम्बरले सुझाव दिएका थिए ।
यस कार्यक्रममा पार्वती धाम निर्माणमा गैर आवासिय नेपाली संघले पनि आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्नुका साथै देश तथा बिदेशमा प्रचार प्रसारका लागी बिशेष जोड दिने भन्दै एन.आर.एन.का सल्लाहकार कुल आचार्यले प्रतिबद्धता जनाएका थिए । चाडै नै बिशेष कार्यक्रम सहित बिद्धान, पण्डित र साहित्यकारहरुको लेख सहितको स्मारिका प्रकाशन गर्ने मुख्य संयोजक कृष्ण समिप सुबेदीले जानकारी गराएका छन् । पाङ खुर्काेटमा आज सम्म कै सबै भन्दा धेरै सर्बसाधारण र बिशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रममा गायकहरु चित्र सागर श्रेष्ठ र सुजन बराईलीको सांगीतीक प्रस्तुती रहेको थियो ।
साथै कार्यक्रममा स्थानिय भजन, रत्यौली, पञ्चेबाजा पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा राम प्रसाद बास्तोलाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा पार्वती धाम निर्माणका लागी अतिथीहरु लगायत स्थानियबासीहरुबाट आर्थिक सहयोग पनि संकलन भएको थियो । पार्वती साँस्कृतिक घर सहित पार्वती धामको निर्माण कार्य चाडै नै अगाडी बढोस् भन्दै हाम्रो तर्फबाट शुभकामना ब्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।