काठमाण्डौ फाल्गुन २२ । पछिल्लो समय कांठ क्षेत्रका गितहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गितहरुले अत्याधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोक दोहोरि कोशेलि ‘शितल दिने कर्के नजरमा’ बजारमा आएको छ ।  गितकाे लोक लय शब्द सबिता ढुंगानाको स्वयंको रहेको छ भने स्वरमा रामेश्वोर भण्डारी र राज तिमिल्सिना ले साथ दिएका छन् ।

गीतको भिडियो निर्माण मिलन फिल्म्सले गरेको हो । निर्देशन मिलन श्रेष्ठको रहेको भिडियोलाई मुकेश हुमागाईको छायांकन रहेको भने सम्पादन रोशन धितालले गरेका छन् । भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायतको अभिनय रहेको छ । नेपाली लोक दोहोरि छेत्र आफ्नो पहिचान स्थापित गर्न  यो गितले केहि टेवा पुग्ने गायिका सबिता ढुंगानाले बताएकी छिन् । गित डी ए आर मुभिज एण्ड फिल्म्स प्रालिको आधिकारिक युट्युब च्यानल मार्फत डिजिटल बजारमा आएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया