काठमाण्डौ फाल्गुन २३ । स्थायी घर काठमाण्डौ भएकी सबिता कार्कीले पुनः अर्को गीत “मुसुमुसु नहाँस” लिएर आएकी छिन् । बिशेष गरेर गीत लेखन तथा मोडलिंगमा ख्याती कमाएकी उनको प्रस्तुतिमा यस अगी पनि न्याउली रोयो, दुख सर्ला नि, झुटो तिम्रो माया, भुल्ने बानि, भोटे लसुन लगाएतका थुप्रै गीतहरुमा बजारमा आइसकेका छन् ।

खासगरी आफ्नै लगानीको गीतमा मात्रै किन यहाँको अभिनय देख्न सकिन्छ भन्ने प्रश्नमा सबिता भन्छिन् , म एक बिबाहित महिला हुँ त्यसैले अन्य कलाकारहरुले अफर गरिरहँदा पनि आफ्नो घरयासी समस्याले समय दिन नसक्नु र मौलिक कथा भित्र मात्रै अटाउने मेरो बानि भएको हुँदा उक्त घेरो भित्रै रहन बाध्य भएको हुँ ।

भर्खरै बजारमा आएको सविताको गीत “मुसुमुसु नहाँस” मा कमल सुशान्त के.सी र गायिका सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय कमल सुशान्त के.सी ले तयार पारेका हुन् भने शब्द मोडल स्वयम् सविताको रहेको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा सबिता कार्की संगै बिजय पुन, पुण्य गौतम र तेजेन्द्र परियारको पनि आकर्षक अभिनय देख्न सकिन्छ भने बाल कलाकार सचिन परियार र रुलोश्नाको सहभागिताले झनै यस गीतको म्युजिक भिडियोलाई थप आकर्षक बनाएको छ ।

भिडियोलाई निर्देशन समिर थोकरले गरेका हुन् भने छायांकन सुशील डाँगी र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् । यस गीतको अडियो तथा भिडियोलाई कमल सुशान्त के.सी नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया