काठमाडौँ । अमेरिकाको ओहायो राज्यको कोलम्बस सहर निवासी प्रतिभाशाली युवा गायक जेम्स गजमेरले आफ्नो बिल्कुलै नयाँ गीत ‘चिसो चिसो यो मौसममा’ सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द, संगीत र संगीत संयोजन स्वयम् गायक गजमेरको रहेको छ। युवती प्रतिको प्रेम र आकर्षणलाई व्यक्त गरिएको यो गीत हाल लिरिकल भर्सनमा उपलब्ध छ। विवेक रसाइलीले लिरिकल भिडियो निर्माण गरेका हुन्। गायक गजमेरको आधिकारिक च्यानल ‘जेम्स म्युजिक स्टुडियो’ मार्फत लिरिकल भिडियो सार्वजनिक भएको हो।
विगत लामो समय देखि नेपाली गीत संगीत क्षेत्रमा क्रियासिल गायक गजमेरले यसअघि ‘सायद मायामा’, ‘पुर्खाले’ ‘यानी लै लै’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। हालै सार्वजनिक आफ्नो नयाँ गीतलाई सुनेर प्रतिक्रिया दिन गायक गजमेरले सम्पूर्ण स्रोता, दर्शक तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।







































































