काठमाण्डौ चैत्र १३ । ब्यवसाहिकताको नाममा पछिल्लो समय लोक तथा दोहोरी गीत संगीतको भिडमा युवावर्ग लक्षित गीत धेरै बजारमा आइरहेका छन् । हामि सम्पूर्ण कलाकारहरुले नै आर्थिक लोभमा मौलिकता भुल्यौं भने हाम्रा आउने पुस्ताहरुले के बुझ्ने ? यसैलाई मध्यनजर गर्दै भर्खरै मात्र कलाकार तामाङ्गले “तिमि मेरो” बोलको एक मौलिक गीतलाई बजारमा पठाएका छन् ।

गीतमा राम स्याङ्गतान, पार्वती कार्की, सबिता तामाङ्ग र सागर तामाङ्गको सुमधुर स्वर रहेको छ । गायक रामले यस अगी पनि थुप्रै गीत बजारमा पठाइसकेका छन् । हाल प्रबासमा रहेका रामको आगामी प्रस्तुतिहरु पनि क्रमस बजारमा आउने तयारी भैरहेको छ । “तिमि मेरो’ बोलको गीतलाई लय सन्तोष घतानी र शब्द गायक तथा शर्जक रामशरण आलेको रहेको छ । गायक तथा सर्जक रामशरण आले द्वारा स्वर बद्ध गीत “घैया मकै” को अझै पनि चर्चा सेलाएको छैन ।

प्रस्तुत गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर अहिले सार्बजनिक भैसकेको छ । राम स्याङ्गतान नामको युट्युब च्यानल मार्फत सार्बजनिक भएको गीतको म्युजिक भिडियोमा राज तामाङ्ग प्रकाश प्रियंका नेपाली, शितल राना र रबिन स्याङ्गतानको आकर्षक अभिनय देख्न सकिन्छ । मोडल राजले यस अगी पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा अभिनय तथा निर्देशकको भूमिका निर्बाह गरिसकेका छन् ।

राज तामाङ्ग प्रकाश द्वारा नृत्य निर्देशन भएको “तिमि मेरो” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन रबि नेपालीले गरेका हुन् भने छायांकन बिपिन क्षेत्री र सम्पादन रोशन धितालले गरेका छन् । हामि यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया