बहुचचिर्त नेपाली फिल्म ‘कबड्डी’ को अन्तिम सिक्वेल ‘कबड्डी ४’ मा अभिनेत्री मिरुना मगर फाइनल भएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रुपमा मिरुना फाइनल भएको जानकारी दिएको हो ।

परिवारसँग युके बस्दै आएकी मगर फिल्मको वर्कसपका लागि अहिले काठमाडौँ आएकी छन् । ‘लालपुर्जा’ फिल्मबाट अभिनेत्रीको रुपमा नेपाली रजतपतमा देखिएकी मगरले यस अगाडि ‘रोज’, ‘साइनो’ र ‘चच हुईं’मा काम गरेकी छन् । सबै सिक्वेल मनमराइएको फिल्ममा जोडिन पाउँदा उनले निकै खुसी व्यक्त गरिन् ।

फिल्ममा यस अगाडि कलाकारको रुपमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, जयनन्द लामा छानिएका छन् । फिल्मको छायाँकन वैशाखबाट सुरु हुँदैछ । फिल्मको प्रदर्शन मिति नयाँ वर्षको असोज १५ तोकिएको छ ।

तपाईको प्रतिक्रिया