चर्चित संचारकर्मी तथा ‘नमस्ते अनलाइन टिभी’ का संचालक अनिल गुरुङ्को निर्माणमा नयाँ हाँस्यटेली सिरियल ‘सर्लक्क साईली’ बन्ने भएको छ । उक्त सिरियलको छायांकन २०७८ साल बैशाख ५ गते बाट सुरु हुने र केही दिन भित्रै सिरियल लाई टेलिभिजन मार्फत नै ल्याउने गरि तयार भैइरहेको निर्माता गुरुङ्ले बताएका छन ।
त्यसैगरी , यस हाँस्य टेली सिरियल लाई आर.जे प्रणव सुवेदी ले निर्देशन गर्ने भएका छन । निर्माता गुरुङ र निर्देशक सुवेदी ले प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यलयमा गएर रजिस्ट्रारको प्रमाणपत्र समेत लिइसकेका छन ।
यस प्रमाणपत्र पश्चात् उनिहरु ढुक्क भएका छन्। यस सिरियलमा कलाकारहरु , सुशील पोखरेल , उत्तम केसि, मन्जु श्रेष्ठ, रेशम फिरिरी, हरिशा बानिया(भुनिया),सरिस्मा मगर र अनिल गुरुङ्ग लगायतका कलाकार मुख्य भुमिका देखिने छन भने अन्य केही कलाकारहरु छनोटको क्रममा रहेको निर्माता गुरुङले बताएका छन। उनले आफूहरुले दर्शकहरुको मनोरंजनको लागि कुनै पनि कुरामा कमि हुन नदिनको लागि प्रयासरत गरिरहने बताए ।
यस हाँस्य टेली सिरियलमा प्रायः सबैजसो कलाकारहरु दर्शकहरु माझ विभिन्न किसिमले चिरपरिचित भैसकेका छ्न। यसकारण पनि निर्माता गुरुङ सिरियलको कथाबस्तु र अभिनयले आम दर्शकको मन जित्ने कुरामा विश्वस्थ देखिन्छ्न।