काठमाण्डौ चित्र २८ । नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै नव कलाकारहरुको उदयमान भैरहेको छ । सोहि क्रमममा स्थायी घर नुवाकोट भएका कृष्ण कुँवर र बद्रि प्रसाद सिटौलाले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “हे माया दि हाल्यौ मलाई ठुलो घात” लाई भर्खरै बजारमा लिएर आएका छन् । निकै संघर्षसिल कलाकार कृष्ण अहिले चापागाउँमा बस्छन । उनि निकै अगाडी देखि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा लाग्ने सोचाई बोकेता पनि भर्खरै मात्र संयोग जुरेको बताउछन् ।
जब मान्छे प्रेममा धोका खान्छ तब उसमा अनयासै यस्ता गीत संगीत तयार गर्ने चाहना बढ्ने गर्दछ । सायद कृष्णले पनि जिबनमा त्यस्ता घटनाहरु पार गरेका होलान् । हुन त उनले यो गीत मेरो जिबनको यथार्थ घटना संग सम्बन्धित हो पनि भनेका छन् ।
प्रस्तुत गीतमा कृष्ण कुँवर बद्रि प्रसाद सिटौला र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना पनि कृष्ण र बद्रि प्रसाद सिटौलाले नै गरेका छन् । “हे माया दि हाल्यौ मलाई ठुलो घात” बोलको गीतको म्युजिक भिडियोमा कृष्ण कुँवर, आयुष्मा कार्की र सबिन लामिछानेको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकार ज्यूहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।