एजेन्सी – एकता कपुरको डिजिटल च्यानल एएलटी बालाजीले माफी मागेको छ ।
समलैंगिक प्रेम कथामा आधारित वेव सिरिज ‘हिज् स्टोरी’लाई पोस्टर चोरीको आरोप लागे पनि माफी मागिएको हो ।
एएलटी बालाजीले पोस्टर चोरीको आरोपमा माफी मागेपछि यसले उत्पन्न गराएको विवाद केही हदसम्म मत्थर भएको छ ।
केही दिन अगाडि मात्रै एकता कपुरको नयाँ वेव सिरिज ‘हिज् स्टोरी’को पोस्टर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । त्यसको एकै दिनमै चोरीको आरोप लागेको हो ।
यो सन् २०१५ मा प्रर्दशनमा आएको फिल्म ‘लभ’ को पोष्टरसँग मिल्दोजुल्दो रहेको बताइन्छ ।
सोही अनुरुप ‘लभ’ का आर्ट डाइरेक्टर जहान बक्सी र उक्त फिल्मका निर्देशक सुधान्शु सरियाले साहित्यिक चोरीको आरोप लगाएका हुन् ।