काठमाडौँ । कुनै बेलाकी नेपाली सिने जगतकी लोकप्रिय नायिका गरिमा पन्त छिटै आमा बन्ने भएकी छन् । हाल अमेरिकामा बस्दै आएकी गरिमाले आफू गर्भवती भएको खबर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिन् । सामाजिक सञ्जालमा उनका शुभचिन्तकले गरिमालाई हार्दिक बधाई भनेका छन् । गरिमाले नयाँ वर्षको अघिल्लो दिन इन्स्टाग्राममा श्रीमानसँगको तस्बिर सेयरसमेत गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया