लोकप्रिय गायिका रानी शाक्य फेरी एउटा नितान्त राष्ट्रिय भावनाको गीत ‘म त नेपालकी छोरी’ लिएर प्रस्तुत हुनु भएकी छिन । प्याट्रिक सिट्लिङको शब्द , संगीत रहेको गीतमा सन्जय हमालको संगीत संयोजन रहेको छ । गीतमा नेपालको कला, संस्कृति अनि मधेस र पहाड,देखि मेची , महाकाली सम्मका हामी एउटै सन्तान भन्दै राष्ट्रिय भावना लाइ उजागर गर्न खोजिएको छ । गीतको म्युजिक भिडियोमा गायिका रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सार्वजनिक गरिएको हो ।

रेवेना प्रधान र साथीहरुको सामुहिक नृत्य रहेको गीतको भिडियोमा ज्ञान सुब्बाको कोरियोग्राफी ,बिक्रम कुमार दाहालको सिनेमाटोग्राफी र तिलक रिजालको सम्पादन रहेको छ । भिडियोलाई उषा मलाहा “सिम्रन”ले निर्देशन गरेकी हुन्।
हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ४ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन । आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन ।

 

तपाईको प्रतिक्रिया