अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ वसन्त ऋतु राक्षस नामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ वैशाख ४ गते शनिबार तद्अनुसार सन् २०२१ अप्रिल १७ तारिख चैत्र शुक्लपक्ष पञ्चमी तिथि मृगशिरा नक्षत्र शोभन योग कौलव करण आनन्दादिमा वज्र योग चन्द्रमा वृष राशिमा १०ः२० पर मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४० मा भयो र सूर्यास्त साँझ १८ः२९ मा हुनेछ । भ.पु. छुमा गणेशयात्रा ।

आजको राशिफल

मेष – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । आशा उत्साह थपिनेछ । ऐश्वर्य बढ्ला । आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनुहुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । आयमूलक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ । मित्रजनकोे साथ मिल्नेछ । सुविधा बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ–नयाँ संकेत देखापर्ला ।

बृष – उन्नति हुनेछ । मान महत्व बढ्ला । बौद्धिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व र शुभता बढ्ला । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । शुभ काममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु लाभकारी होला । अरुको भरमा बस्नु र विवादमा पर्नुबाट बच्नुहोला । आफन्तको सहयोग मिल्नेछ ।

मिथुन – समय शुभ फलदायक छ । मिठो भोजन मिल्नेछ । आरोग्यतामा वृद्धि होला । कर्मपथमा सफलता प्राप्त होला । मित्रजन बढ्लान् । धन सम्पत्ति र कार्यव्यवसायसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै सुख बढ्ने छ, तथापि धैर्य र विवेकले काम गर्नु बेस होला । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापरेर आशा उत्साह बढ्नेछ, तर लापर्वाही भने नगर्नुहोला ।

कर्कट – हांसविलासमा रुचि बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । धन सम्पत्ति बढ्ला ।

सिंह – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । सुख आरोग्यता र सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ने योग छ । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । सुख–सुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।

कन्या – आर्थिक कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला ।

तुला – भागदौड रहला । यात्रा होला । सुख आनन्द बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तानको साथ मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । शुभ काममा आकर्षण बढ्ला ।

वृश्चिक – मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । जोखिम लिने काम नगर्नु होला ।

धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । आशा उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथिभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । पराक्रम वृद्धि होला । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । सुख आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला । शत्रु परास्त गर्ने क्षमता बढ्नेछ । सुखशान्ति मिल्नेछ । मिष्टान्न भोजनको संयोग जुर्ला । हांसविलासमा रुचि बढ्नेछ । मनोकूलको काम होला । सभासमारोहमा मान मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सुख सन्तति बढ्नेछ । मित्रमिलन हुनेछ ।

मीन – खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । राजकाज बन्नेछ ।

तपाईको प्रतिक्रिया