काठमाडौ : पुर्वी जिल्ला खोटाङबाट काठमाडौं आएर बसोबास गर्दै गीत, संगीतमा आबद्ध भई संघर्षरत नव प्रतिभाहरुलाई बिषेश प्राथमिकता प्रदान गर्ने उदेश्यले यही बैशाख १८ गते खोटाङ कलाकार समाजले बृहत ‘खोटाङ सांगीतिक साँझ २०७८’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष रुप कुमार राईले उक्त कुराको जानकारी गराएका हुन् । प्रज्ञाभवनमा आयोजना हुने सांगीतिक कार्यक्रममा नव प्रतिभाका साथै स्थापित गायक, गायिकाको पनि धमकेदार प्रस्तुती रहने समाजका सल्हाकार डक्टर किराँतले बताए ।

तपाईको प्रतिक्रिया