काठमाण्डौ चैत्र ०४ । स्थायी घर खोटाङ्ग भएका लोक दोहोरी गायक केदार खोटांगेले पुनः अर्को लोक दोहोरी गीत बजारमा लिएर आएका छन् । पेसाले कन्ट्रक्सन संचालन गरिरहेका उनले यस अघि मोबाईल मात्र नचलाउन, खोटाङ्ग बजार, बेलटार बजार लगाएतका गीतहरु बजारमा ल्याइसकेका छन् । केदारको पछिल्लो लोक दोहोरी गीत “दिनमा एक फेरी” बोलको रहेको छ ।

ब्यवसाहिकताको नाममा मौलिकता कहिले भुल्न नचाहाने केदार खोटांगेको पछिल्लो लोक दोहोरी गीतमा केदार खितांगे र गंगा घर्ति मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सृजाना गायिका स्वयम् गंगा घर्ति मगरले तयार गरेकी हुन् । यस गीतको म्युजिक भिडियोमा सुमन पोख्रेल देवी आले र बिध्या लामाको आकर्षक अभिनय देख्न सकिन्छ ।

साथै यस गीतको म्युजिक भिडियोलाई थापा आकर्षण प्रदान गर्नका निमित्त द्वन्दलाई पनि समाबेस गरिएको छ । फिल्मी सैलिमा तयार भएको यस गीतको द्वन्दमा सुरेश कुमार, प्रदिप कक्षापाटि, महेन्द्र गजमेर र अनिल राई देखिएका छन् । भिडियोलाई निर्देशन प्रस्तुतकर्ता स्वयम् केदारले गरेका हुन् भने छायांकन अभिषेक माझि र सम्पादन दिपक तामाङ्गले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया