मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक उपकारको काममा सहभागी भइएला । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो सातामा चोरबाट भय रहनेछ । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्न । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता शुभारम्भको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । काम गर्ने जोशजाँगर र हिम्मत बढ्नेछ । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । मध्य सातामा प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । कार्य सम्पादनमा समस्या आउला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता सानातिना समस्यामा अल्झिनु पर्ने देखिन्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । सहकर्मीबाट विरोध आउला । साताको अन्त्यबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका अधुरा र पुराना काम बन्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ । नोकरी गर्नेले मान सम्मान पाउने छन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो हप्ता दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । समाजसेवामा मन लाग्नेछ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो हप्तामा लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । शेयर बजारबाट पनि राम्रो सफलता मिल्नेछ, तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता मध्यम छ, रोकिएका काम पुनः सुरु हुन सक्छन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । घरमा अतिथीको आगमन हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला साथै नियमित खर्च समेत बढ्ने योग छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता नयाँ राम्रो अवसरहरू प्राप्त हुनेछन् । कूटनीतिक नियोग र वैदेशिक कार्यबाट प्रशंसा मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल (अधिक जानकारीका लागि 977-9849559502)

तपाईको प्रतिक्रिया