काठमाण्डौं ।
नेपाली लोकदोहोरी गीत संगीतमा लोकप्रिय गायिका रिना केसी र गायक कमल चापागाईँको आवाजमा रहेको ”कस्तो माया जाल “ गीतको भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

मायालु प्रेमी प्रेमीका विचको मायाको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । अमृत चापागाईँ र मालती ढकालको शब्द तथा कमल चापागईको लय सिर्जना गीतमा रहेको छ । युवा अवस्थामा रहेपर्ने आफुलाई माया गर्ने प्यारो मान्छे नआउदाको पिडालाई रोमान्चक रुपमा प्रस्तुत गरिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा नरेन श्रेष्ठको निर्देशन एवम अमोन रानाको कोरियोग्राफी भिडियोमा रहेको छ । ”कस्तो माया जाल “ गीतको भिडियोमा शुक्र लामा र आरती मगरको अभिनय रहेको छ ।

”कस्तो माया जाल “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया