काठमाण्डौ बैशाख ०६ । स्थायी घर दोलखा र हाल जापानमा रहेका लोकप्रिय गायक तथा सर्जक माधब खड्काले पुनः निकै समयको अन्तराल पछी अर्को गीत बजारमा लिएर आएका छन् । उनको यस अगिका प्रस्तुतिहरु रातैमा जुनतारा, हाँसखेल गरौँ, आँशु छ गहभरी, दहीको ठेकी, बरपीपल डिलको छेउ, लगाएत गीतहरु आज पनि उत्तिकै कर्णप्रिय लाग्दछन् ।

आफु बिस्वको जुनसुकै कुना कन्दरामा रहेता पनि आफ्नो कला संस्कृति र मौलिकता लाई भुल्न नसक्ने माधबको पछिल्लो गीत “तिम्रो माया कस्तोमा कस्तो” बोलको रहेको छ ।

प्रस्तुत गीतमा माधब खड्का र अहिलेको लोकप्रिय गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय माधब खड्का र महेश खड्काले तयार परेका हुन् भने शब्द प्रदिप कुमार खड्काको रहेको छ । निकै आकर्षक ढंगबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा लोमस शर्मा, एलिना रायमाझी सन्जिब खड्का कुलबहादुर ओली र प्रिया मगरको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन यम गुरुङ्गले गरेका हुन् भने छायांकन महेश महरा र सम्पादन मेक महादुर थापाले गरेका छन् । यस गीतको अडियो तथा भिडियोलाई आज मात्रै जापानमा एक निकै भब्य समारोहबीच बिमिचन सम्पन्न गरेर हाईलाइट्स नेपाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया