प्रताप सुब्बाको पटकथा, संवाद र निर्देशनमा २५ बर्ष अगाडी तयार भएको टेलीसिरियल ‘देवता’ को दोस्रो भाग रिलिज गरिएको छ । प्रकाश कोविदको उपन्यासमा आधारित नेपाली टेली चलचित्र ‘देवता’ को पहिलो भाग नया बर्षको अवसर पारेर किम्भे प्रोडक्सनले युटुबमा सार्वजनिक गरेको थियो । पहिलो भागबाट राम्रो प्रतिक्रिया बटुले पछि दोस्रो भाग रिलिज गरिएको हो ।

२५ वर्ष अगाडी निर्माण भएता पनि अहिलेको समयमा समेत यो सिरियलले राम्रै महत्वो प्रस्तुत गरेको छ । बिशेष गरी अहिलेको पुस्तालाई पुराना कुराको सम्झना र बुझाईको साथमा मौलिकता दर्शाएको छ ।

भारत सिक्किमको विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको यो टेलि सिरियलमा रजनी राना, विज्ञान जोशी, दिनेशसिंह महरा, दीगविजय केसी, माला महत, मेनुका प्रधान, सीबी सुब्बा, रवि शर्मा, श्याम भट्टराई, ललित सुब्बा, बिशाल चाम्लिङ, रोशन सुब्बा, हग्मा सुब्बा, दवाकिपा भुटिया र देउकी भुटियाको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया