काठमाडौं – रोज सिप विकाश तालिम केन्द्र तथा रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनकी अध्यक्ष बरिष्ट सौन्दर्यबिद सोनी कारंजित सौन्दर्य विशेषज्ञ सम्मान-२०७७ बाट सम्मानित भएकी छिन् । काठमाडौंमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको “नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०७७ ” समारोहमा बरिष्ट सौन्दर्यबिद सोनी कारंजितलाई सौन्दर्य विशेषज्ञ सम्मान-२०७७ बाट सम्मानित गरिएको छ । प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झा, पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रि, बरिष्ठ संगीतकार संगीत रत्न शम्भूजीत बास्कोटा र नायक आकाश अधिकारिले फुलमाला लगाएर ताम्रपत्रद्धारा उनलाई सम्मानित गरेका थिए।

स्टार वन इन्टरटेनमेन्ट संस्थाका अध्यक्ष बालकृष्ण पोखरेल अनुसार बरिष्ट ब्युटिसियन सोनी कारंजितले दुई दशक देखि रोज सिप विकाश तालिम केन्द्र, रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर द्वारा करिब १० हजार युवा युवतीलाई ब्युटिपार्लर, फेशन डिजाईन, मोवाईल मर्मत, गिफ्ट डिजाईन, सावुन निर्माण, चप्पल निर्माणसहित विभिन्न सिप सिकाएर स्वरोजगार बनाउँदै आत्म निर्भर तुल्याई यो क्षेत्रमा उल्लेख्य योगदान दिएका कारण उनलाई सौन्दर्य विशेषज्ञ सम्मान-२०७७ बाट सम्मानित गरिएको जानकारी गराए ।

तपाईको प्रतिक्रिया