काठमाण्डौ बैशाख १६ । बरिष्ट तथा लोकप्रिय गायक भोजराज काफ्लेको नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान रहेको छ । उनले हाल सम्म हजारौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । शंख्या र गुणस्तरलाई उत्तिकै प्राथमिकता दिने भोजराजको केहि समय अगाडी बजारमा आएको “पानि कुवाको” बोलको गीत अहिले टिकटक देखि लिएर युट्युबमा पनि निकै रुचाइएको छ । डिजिटल बजारमा मात्र होइन यस गीतलाई जनस्तरमा पनि उत्तिकै रुचाइएको छ । यसै गीतको सफलता संगै उक्त गीतलाई पुनः सोहि लयको स्वादमा नयाँ शब्द समाबेश गरेर “माया बेरियो” नाममा सार्बजनिक गरिएको छ ।

पहिलेको गीतलाई जति धेरै दर्शक श्रोताहरु द्वारा प्राथमिकतामा राखियो भाग २ लाई पनि उत्तिकै साथ प्राप्त भएको जानकारी बरिष्ट गायक तथा सर्जक भोजराज काफ्लेले जानकारी गराएका छन् । गीतको दुवै अंशमा भोजराज काफ्ले र लोकप्रिय गायिका गीता देबीको सुमधुर स्वर सुन्न सकिन्छ । भोजराज काफ्लेको लय तथा शब्द द्वारा सजिएको “पानि कुवाको” बोलको गीतको म्युजिक भिडियोमा सन्जिब थापा, मेलिना ठकुरी, जंगम खड्का, मोनिका राय, अभिषेक न्यौपाने, उज्जल न्यौपाने, अश्मी श्रेष्ठ र लक्ष्मण चौलागाईंको आकर्षक अभिनय देख्न सकिन्छ ।

यसका साथै पछिल्लो समय नयाँ स्वादमा सार्बजनिक भएको “माया बेरियो” बोलको गीतको म्युजिक भिडियोमा निशान बि.सी, मेनुका सन्जेल र निश्चल मगरको आकर्षक अभिनय देख्न सकिन्छ । दुवै स्वादको म्युजिक भिडियोलाई निर्देशन गायक तथा सर्जक भोजराज काफ्लेले नै निर्देशन गरेका हुन् भने छायांकन रोशन भाट र सम्पादन प्रदिप दाहालले गरेका छन् ।

यी दुई गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया