गायक उज्ज्वल गिरी र सरस्वती पुरीको गीत ‘छाता ओढेर’ सार्वजनिक भएको छ । युट्युवमार्फत गीत सार्वजनिक गरिएको हो ।

केही फरक प्रस्तुति र श्रोताको मनमा छुने गीत ल्याइएको गायिका सरस्वती बताउँछिन् । यो गीत श्रोताले रुचाएमा छिट्टै अर्को समयसापेक्ष गीत लिएर आउने उनको प्रतिबद्धता छ ।

सरस्वती पोखरामा नर्सिङ पेशामा आवद्ध छिन् । गायन क्षेत्रमा नवोदित भए पनि सामाजिक अभियन्ताको रूपमा पोखरामा समाजसेवामा लागिरहेकी छिन् । त्यस्तै, गायक उज्ज्वल भने नेपालको लोकसङ्गीत क्षेत्रमा परिचित नाम हो ।

गीतको शब्द उज्ज्वलकै रहेको छ भने यसमा लय महेन्द्र भण्डारीको छ । म्युजिक भिडियोको छायाङ्कन अजय रेग्मीले र यसको सम्पादन विष्णु शर्माले गरेका छन् । त्यस्तै भिडियोको निर्देशन प्रकाश भट्टको रहेको छ ।

समूह गायनमा शर्मिला अर्याल, संगीता डंगोल, गोविन्द पराजुली, राजेन्द्र बाजुराली र महेन्द्र भण्डारीले साथ दिएका छन् । त्यसैगरी म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओबी रायमाझी, सचिन परियार, तेजेन्द्र परियार, साहिल क्षेत्री, सुप्रिया क्षेत्री, मनिष खड्का र नेपाली चार्लीको अभिनय रहेको छ ।

वर्तमान परिवेशमा गीत दर्शकले रुचाउनेमा गायक गायिका विश्वस्त छन् ।

तपाईको प्रतिक्रिया