मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला । भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ । केहि रुपैँया पैसा भने खर्च गर्नुपर्ने छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ काममा मन जानाले गरिरहेको काम ओजेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ । समयको भने बचत गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ । नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन । नसोचेको ठाँउबाट धन आउने दिन छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
हात हतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा परिएला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । कसैसँग बढी रिस पनि उठ्ला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कसैसंग मनमुटाव हुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान सम्मानमा आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । जागिरमा पनि समस्या हुने दिन छ । श्रमको उचित मूल्यांकन हुनेछ । काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिस्ठामा राम्रो हुनेछ । पारिवारिक आवश्यकता पूर्ति होला । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ । दिन मनोरन्जनका साथ बित्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ । टाढाको यात्राबाट धनको लाभ पनि होला । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनु होला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । सामान्य रुघाखोकीले पनि सताउला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । नसोचेको ठाँउमा धनको नाश हुने दिन छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
कामहरु आज सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला । बुद्धि बिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ । कसैबाट समर्थन पनि पाइने दिन छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन् । पढाइमा मन जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यवसायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुने दिन छ । आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हुने दिन छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मन लाएर काम गर्नु होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि हुन सक्छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । आम्दानीको स्रोत समेत बढ्नेछ ।

तपाईको प्रतिक्रिया