काठमाडौं– वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन हृदयाघातका कारणले भएको चिकित्सकले बताएका छन् ।

काठमाडौं सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा बिहिबार दिउँसो पौने दुई बजेको समयमा प्रधानलाई हार्ट अट्याक भएको डा.प्रविण श्रेष्ठले पुष्टि गरेका छन् ।उक्त कुराको जानकारी दिँदै निर्देशक प्रकाश सायमीले फेबसुकमा एउटा स्टाटस लेखेका छन् ।

सायमीले लेखेका छन् –‘आज दिउँसो १:४५ बजेको समय नेपाली सुगम–संगीतको स्वर्णीम यूगका लागि कष्टकारी समय भयो । डा.प्रवीण श्रेष्ठका अनुसार उहाँलाई ठीक त्यही समय हर्ट-अट्याक भयो । हाम्रो हृदयका ढुकढुकी, नेपाली सुगम संगीतको एउटा महान यूगको अन्त्य भयो । उहाँका जेठान वरिष्ठ
छायाकार मञ्जुकुमार श्रेष्ठले यति भन्नु भयो–‘अब के गर्ने ? हामीलाई झुक्यायो कालले । हामी हाऱ्यौं ।’ प्रेमध्वज_दाइ ।’

तपाईको प्रतिक्रिया