भारतीय अभिनेत्री कंगना रनौत कोरोना भाइरसबाट संक्रमित भएकी छन्। कंगनाले आफूलाई संक्रमण भएको जानकारी शनिबार दिएकी हुन्।

उनले इन्स्टाग्राम मार्फत संक्रमण पुष्टि भएको जानकारी गराएकी हुन्।

हिमाञ्चल प्रदेश पुगेपछि गरेको परीक्षणमा संक्रमण देखिएको उनले उल्लेख गरेकी छन्।

उनले भनेकी छन्, ‘कसरी यो भाइरसले मेरो शरीरमा पार्टी गर्न सफल भयो मलाई थाहा छैन। तर यो थाहा छ कि म यसलाई ध्वस्त पार्छु।’

पछिल्लो केही दिनदेखि आफूलाई थकान तथा कमजोरी महसुस भएको र आँखा पनि पोल्ने गरेको उनले उल्लेख गरेकी छन्।

आफू अहिले क्वारेन्टिनमा बसेको कंगनाले जनाएकी छन्।

उनले कोरोना भाइरस सामान्य फ्लू मात्रै रहेको र अनावश्यक रुपमा सञ्चारमाध्यममा स्थान पाएको बताएकी छन् आफू संक्रमित भएपछि पनि।

तपाईको प्रतिक्रिया