काठमाडौँ जेष्ठ ०२- चर्चित गायक घमेश दुलाल र बाल गायिका आभा आर को संयुक्त प्रस्तुतिमा संदेश मुलक गीत “मास्क खै” बोलको गीतलाई डि.ए.आर मुभिज एण्ड फिल्म्स ई प्रा लि. ले आफ्नो आफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ । गीतमा नव गायिका रोजिना बस्नेतले पनि स्वरमा साथ दिएकी छिन् । प्रस्तुत गीत मार्फत विश्व भर कोरोना महामारीले असर परेको बेला सुरक्षित रहन मास्क लगाऔ, पौस्टिक आहार खाऔ, सामाजिक दुरी कायम गरौ सकेसम्म भिडभाडमा नजाऔ भन्ने संदेश दिइएको छ ।

पछिल्लो समय धेरै जसो सामाजिक सन्देशमुलक कथा÷बस्तु समेटी गीत बजारमा ल्याईरहेका अदृस्य गायक÷संगीतकार प्रभावन जे को शब्द, संगीत, संगीत संयोजन रहेको गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड भएको हो । गीतको मिक्सिङ÷मास्टरिङ गोविन्द सोनीले गरेका छन् ।  रोनिश तामाङ्ग द्वारा छायांकन भएको यस गीतको म्युजिक भिडियोलाई उत्पादन नियन्त्रक श्याम धिताल, उत्पादन ब्यस्थापक बिबेक चौलागाईं, क्रियटिभ डाइरेक्टर श्रबन कुमार मिश्र रहेको छन् भने सम्पादन कृष्ण गौतम ले गरेका हुन् । भिडियोमा बाल कलाकार दीपा गौतम, दिपेश गौतम, भमा गौतम आदिको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया