काठमाडौँ / नेपालमा कोरोना भाइरसबाट संक्रमण हुने र मृत्यु हुने दर पुनः बढेको छ । विगत तीन दिन यता केही घटेको यो दरमा आज सोमबार भने बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा मात्रै नेपालमा थप ९ हजार २४७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै संक्रमित हुनेको कूल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ ।
यसैगरी गत २४ घण्टामा थप २१४ संक्रमितको ज्यान गएको मन्त्रालयले पुष्टी गरेको छ ।
योसँगै मृत्यु हुनेको कूल संख्या ५ हजार २१५ पुगेको छ । त्यस्तै, यस अवधिमा ५ हजार ५ हजार ७६७ संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संखया ३ लाख ४५ हजार ५२३ पुगेको छ ।
२४ घण्टामा २१ हजार ६५३ जनाको पिसिआर विधि र ४३४ जनाको एन्टेजिन विधिबाट गरी कूल २२ हजार ८७ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।