किस्तान सरकारले मिया खलिफाको ‘टिकटक’ अकाउन्ट ब्यान गरेको छ । पाकिस्तानको टेलिकम्युनिकेशन आथोरिटी (पीटीए)ले सोसल मिडियामा कन्टेन्टलाई सेन्सर गर्ने नयाँ तरिका निकाल्दै मिया खलिफाको टिकटक अकाउन्ट ब्यान गरेको हो ।

पीटीएले पाकिस्तानमा मिया खलिफाको टिकटक अकाउन्ट ब्यान गर्नुको कारण भने आधिकारिक रुपमा बताएको छैन । पाकिस्तानमा मिया खलिफाको कन्टेन्ट ब्यान भएपछि ट्वीटरमार्फत् पाकिस्तानी फ्यानहरुले पीटीएको चर्को आलोचना गरिरहेका छन् ।

लेबनान मुलकी मिया खलिफाले पाकिस्तानी फ्यानहरुका लागि आफ्नो सम्पूर्ण कन्टेन्ट ट्वीटरमा पोष्ट गर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘मेरो पाकिस्तानी फ्यानहरुको लागि मैले अहिल्यैदेखि सम्पूर्ण टिकटकहरु ट्वीटरमा रि–पोष्ट गर्नेछु ।’

तपाईको प्रतिक्रिया