एजेन्सी । तेह्र वर्षका साहिल शाह गतवर्ष नोभेम्बरमा कोरोना संक्रमित भएका थिए । त्यसपछि उनलाई कुनै पनि गन्ध आउन छोड्यो । उनका आमाबाबु बच्चाको समस्या समाधानका लागि धेरै तिर दौडिए । महिनौंसम्म साहिलको यो समस्या समाधान भएन ।

दिक्क मान्दै साहिलको परिवार उनीहरुले एकजनासँग परामर्श लिए जोसँग उनीहरुको कुनै आशा नै थिएन । साहिलका बाबु प्रतीक शाहले एकजना आफन्तको सुझावमा उनले अमेरिकाको न्यूयोर्कको एक गन्ध विज्ञ सू फिलिप्ससँग सम्पर्क गरे । म्यानहट्टनस्थित फिलिप्सको बुटीकमा पुग्दा उनी कुनै डाक्टर, वैत्रानिक वा रसायनशास्त्री नभएको उनीहरुले थाहा पाए ।

सुँघ्ने क्षमता गुमाएका मानिसहरुलाई निको पार्न फिलिप्सले १८ प्रकारका गन्ध आफैंले तयार पारेकी थिइन् । उनले उपचारको शुरुवातमा हल्का सुगन्ध जस्तो गुलाब, ल्यावेण्डर र पुदिनाबाट गरिन् । फिलिप्स एक पटक सुगन्धको एक मात्र बोतल दिने र बिरामीलाई सुगन्ध दिमागमा पनि महशुस गर्न भन्छिन् । धेरै बिरामी त शुरुवाती चरणमै निको हुन्छन् । उनीहरुमा सुगन्ध महशुस गर्ने क्षमतामा धेरै नै सुधार हुने पाइयो ।

साहिलका बाबु आफ्नो बच्चामा २५ प्रतिशत सुधार देखिएको बताउँछन् । केही नहुनुभन्दा यही तरिका धेरै ठीक हो । हार्वर्ड विश्वविद्यालयका न्यूरोसाइन्टिस्ट वेन्कटेश मुर्तिका अनुसार केही विशेष गन्ध यादहरु र भावनाहरुलाई जगाउन प्रेरित गर्दछ र फिलिप्स त्यहि गरिरहेकी छन् ।
अलगअलग सुगन्धको प्रयोग गर्दा कुनै व्यक्तिमा गन्ध लिने क्षमता फर्काउन सकिने भएको छ । यसमा कुनै प्रकारको हानी छैन । जर्नल अफ क्लिनिकल इम्यूनोलोजीमा प्रकाशित शोधमा विशेषज्ञहरुले यो प्रक्रियाबाट गन्ध क्षमता फर्काउनेमा सहयोगीसिद्ध हुने दाबी भने गरेका थिए ।

बेल्जियमकी एन लेरक्विनको कथा भने बेग्लै छ । उनलाई कोरोनाभन्दा जे सुगन्ध लाग्थ्यो अहिले त्यो दुर्गन्ध लाग्न थालेको छ । उनी अहिले स्मेल ट्रेनिङ लिइरहेकी छन् । त्यसका लागि उनी आँखा बन्द गरेर दिनमा दुई पटक अलगअलग गन्ध सुँघ्छिन् । यो उपचारमा सम्लग्न डा. हुआर्ट भन्छन्, ‘ध्यान दिनु जरुरी छ किनकी मस्तिष्कलाई ती गन्धहरुको स्मृतिको हर्कतमा आउनु पर्ने हुन्छ । यहाँको उपचार पद्दति हेर्दा मानिसको मस्तिष्कमा पुनः गुलाब गुलाबकै जस्तो सुगन्ध हुने कुरा सिकाउनु पर्दछ ।’

तपाईको प्रतिक्रिया