काठमाडौं । रेस्क्यु क्रिएसनले यसै वर्ष राजधानीमा आयोजना गर्न लागेको ‘रेस्क्यु म्युजिक अवार्ड २०७८’ मा विजेतालाई नगदसहित अवार्ड प्रदान गरिने भएको छ । विगत एक दशकदेखि म्युजिक भिडियो निर्माणमा सक्रिय क्रिएसनले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो ।
संस्थाका निर्देशक समन अधिकारीले प्रमुख १५ विधा र दुई मिडिया विधा गरी १७ विधामा प्रदान गरिने अवार्डमा विजेतालाई जनही ५ हजार रुपैंयाँ दिइने बताए । ‘स्रष्टाको मिहिनेतको कदर गर्न हामीले अवार्ड आयोजना गर्न लागेका हौं । त्यसकारण अवार्डसँगै थोरै भए पनि नगद दिन लागेका हौं’, अधिकारीले भने ।
आयोजकले १७ विधाअन्तर्गत विधागत नाम पनि सार्वजनिक गरेको छ । जसअनुसार ‘आउटस्टेण्डिङ लिरिसिस्ट (पप/मोडर्न/फिल्म)’, ‘आउटस्टेण्डिङ म्युजिक कम्पोजर (पप/मोडर्न/फिल्म)’, ‘आउटस्टेण्डिङ म्युजिक एरेञ्जर (पप/मोडर्न/फिल्म)’, ‘आउटस्टेण्डिङ मेल भोकल (पप/मोडर्न/फिल्म)’, ‘आउटस्टेण्डिङ फिमेल भोकल (पप/मोडर्न/फिल्म)’ छन् ।
त्यस्तै ‘आउटस्टेण्डिङ लोकदोहोरी भोकल (लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ लोकदोहोरी लिरिसिस्ट (लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ लोकदोहोरी मेलोडी (लोकदोहोरी)’, ‘आउटस्टेन्डिङ मेल आर्टिस्ट (पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ फिमेल आर्टिष्ट (पप/मोडर्न/लोकदोहोरी)’ छन् ।
यसैगरी ‘आउटस्टेण्डिङ म्युजिक भिडियो सिनेमाटोग्राफर (पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्युजिक भिडियो एडिटर (पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्युजिक भिडियो कोरियोग्राफर (पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्युजिक भिडियो डिरेक्टर (पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्युजिक भिडियो अफ द इयर (पप/मोडर्न/लोकदोहोरी)’ छन् । अवार्डमा ‘आउटस्टेण्डिङ होस्ट इन ए टक सो’ र ‘आउटस्टेण्डिङ होस्ट इन ए न्युज एंकर’ विधा छन् ।
समनका अनुसार अवार्ड वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ । ‘सबै विधा विदेशमा बस्ने नेपालीको नाममा हुनेछ । हामी लाइफटाइम अचिभमेन्ट अवार्ड देशबाहिर रहेर नेपाली संगीतमा योगदान पु¥याउने स्रष्टालाई दिनेछौं’, समनले भने ।










